महानगरका स्वास्थ्यकर्मीहरुलाई बाल स्वास्थ्य विशेष आधारभूत तालिम 

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, कार्तिक २९, २०८१

विराटनगर/ विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीहरुका लागि बाल स्वास्थ्य विशेष आधारभूत तालिम सुरु भएको छ ।

तालिमको मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई बालबालिकाको स्वास्थ्य उपचारमा लगाउन आग्रह गर्नुभयो । उहाँले बाल स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउँदै मेयर कोइरालाले बालबालिकामा लागेको रोगको पहिचान गरी रेफर गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, अनुरागसिंह कार्कीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिम पाँच दिनसम्म सञ्चालन हुनेछ स्वास्थ्य महाशाखाका अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]