बोक्सी प्रथा विरुद्धको चलचित्र ‘अग्नीदहन’ मंसिर ७ गते प्रदर्शनमा आउने

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, कार्तिक २९, २०८१

विराटनगर/ नेपाली समाजमा गहिरो जरा गाडेको बोक्सा-बोक्सी प्रथालाई चिर्दै सामाजिक जागरूकता फैलाउने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘अग्नीदहन’ मंसिर ७ गते देशभर प्रदर्शनमा आउँदैछ।

चलचित्र ‘अग्नीदहन’ को निर्माणसँगै यसको बारेमा विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरियो, जहाँ निर्देशक घनश्याम लामिछानेले चलचित्रको उद्देश्य स्पष्ट पार्दै भने, “मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सन्देशलाई देशव्यापी रुपमा प्रवर्द्धन गर्न यो चलचित्र निर्माण गरिएको हो।” निर्देशक लामिछानेले चलचित्र सामाजिक सचेतनाको लागि बनाइएको भन्दै सम्पूर्ण दर्शकलाई एकपटक चलचित्र हेर्न आग्रह गरे।

राष्ट्रिय जागरण प्रतिष्ठानको निर्माणमा बनेको यो चलचित्रमा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद रहेको छ भने कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन र शंकर पाण्डेको प्रोडक्सन डिजाइनले चलचित्रलाई सजीव बनाएको छ।

चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा. निर्मल लामिछाने र तारा बहादुर गुरुङले अभिनय गरेका छन्।

चलचित्र पत्रकार संघ मोरंगका अध्यक्ष प्रेम देवानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपस्थित सबैले ‘अग्नीदहन’ चलचित्रले समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]