विराटनगरको नहरमा छठपछिको सरसफाई सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

विराटनगर/ छठ पूजापछि फोहोरले भरिएको विराटनगरको नहर आज सरसफाई गरिएको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाजमा आवद्ध युवा समाजसेवी ज्योति मरिकको नेतृत्वमा यो सरसफाई अभियान चलाइएको हो। छठ पूजामा प्रयोग भएका विभिन्न पूजाको सामान नहरमा फालिएका कारण दुर्गन्ध फैलिएको थियो र नहर फोहोरले भरिएको थियो।

ज्योति मरिक र उनका टोलीले यस फोहोरलाई सफा गरेका छन्, जसले गर्दा नहर पुनः सफा र सुन्दर देखिएको छ। छठ पूजाका क्रममा भक्तजनले नहरमा पूजा अर्चना गर्ने क्रममा घाट बनाउँदा हरेक वर्ष यस्तै फोहोरको समस्या देखा पर्ने गरेको छ।

यसपटक पनि नहर सफाईमा स्थानीय सरकारले चासो नदेखाएको र कसैले पहल नगरेपछि मरिक आफैंले नेतृत्व गरेर फोहोर संकलन र व्यवस्थापनको काम सुरु गरेका हुन्। यस अभियानमा विराटनगर महानगरपालिकाले पनि फोहर उठाउन सहयोग स्वरूप सवारी साधन उपलब्ध गराएको थियो।

युवा समाजसेवी मरिकले समाजमा स्वच्छ वातावरणको आवश्यकता प्रतिको जनचेतना फैलाउँदै भविष्यमा यस्ता सार्वजनिक स्थलहरूमा नियमित सरसफाई गर्न र जनताको सहभागिता बढाउन आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]