कोशी प्रदेशमा छैटौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलन सुरु, संघीय गणतान्त्रिक प्रणाली उपयुक्त: मुख्यमन्त्री कार्की

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

विराटनगर/कोशी प्रदेशमा मुख्य न्यायाधिवक्ताको छैटौँ राष्ट्रिय सम्मेलन सुरु भएको छ। प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित दुईदिने सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय गणतान्त्रिक शासन प्रणालीलाई नेपालका लागि सबैभन्दा उपयुक्त भनेका छन्। उनले दस वर्षदेखि यो प्रणाली लागु भइरहेकाले अब यसका सकारात्मक र कमजोर पक्षहरूको सिंहावलोकन गरी आगामी दिनमा सुधारको दिशा तय गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कार्कीले प्रदेश संरचना बलियो बनाउँदा शान्ति सुरक्षा र विकाससँगै जनताको सरकारप्रतिको विश्वास बढ्ने बताए। उनले महालेखा परीक्षकको प्रतिवेदनमा प्रदेश संरचनाले पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याएको र बेरुजु कम भएको तथ्य सुखद रहेको बताए। साथै, संविधान संशोधन गर्दा दलहरूले निर्वाचनमा बहुमत हासिल गर्न सक्ने व्यवस्था गरिनुपर्ने सुझाव पनि राखे।

सम्मेलनमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले मुख्य न्यायाधिवक्ता र वरिष्ठ अधिवक्ताको सुझावले प्रदेशमा कानुन निर्माणमा सहयोग पुर्‍याउने धारणा व्यक्त गरे। साथै, प्रदेशका ६३ स्थानीय तहमा अन्तरक्रिया गरि कानुन जनस्तरमा पु¥याइएको जानकारी दिए।

कार्यक्रममा महान्यायाधिवक्ता रमेश वडाल, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, प्रदेशका मुख्य महान्यायाधिवक्ता नारायण वस्ती, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती लगायतका कानूनी क्षेत्रका विशिष्ट व्यक्तिहरूले संविधान कार्यान्वयनमा आ-आफ्नो भूमिकाको महत्वबारे बोले।

सम्मेलनको उद्देश्य सात प्रदेशका मुख्य न्यायाधिवक्ताका अनुभव आदानप्रदान गर्ने, कानुन निर्माणका समस्याहरूको समाधानका उपायहरू छलफल गर्ने, र मुख्य न्यायाधिवक्ताका कार्यालयमा देखापर्ने चुनौतीहरूको समाधान खोज्ने रहेको छ। यसमा सातै प्रदेशका मुख्य न्यायाधिवक्ताका साथै उच्च अदालत, जिल्ला अदालतका न्यायाधीश, र वारका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]