भद्रपुरमा आमा-छोरी बेपत्ता, परिवारले सार्वजनिक सहयोगको अपिल

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

विराटनगर /भद्रपुर नगरपालिका वडा नं. ९, घोडामारा गोजाटोल निवासी रविलाल (बोङ्ग) राजवंशीकी श्रीमती जमुना राजवंशी र पाँच वर्षीया छोरी आरधना राजवंशी घरबाट बेपत्ता भएका छन्। हिजो राति घरबाट अचानक हराएका उनीहरू हालसम्म कुनै ठेगान नलागेपछि परिवारले खोजी कार्यमा सहयोगका लागि अपिल गरेका छन्।

बेपत्ता भएका आमा-छोरीको खोजीका लागि परिवार र आफन्तजनले विभिन्न ठाउँमा सम्पर्क गरेका छन् तर हालसम्म उनीहरूको कुनै सूचना प्राप्त हुन सकेको छैन। तस्बिरमा देखिएका जमुना र आरधनालाई कतै देख्नुभएमा नजिकको प्रहरी कार्यालयमा अथवा ९८१४०९९२१७ नम्बरमा सम्पर्क गरी जानकारी गराउन परिवारले आग्रह गरेको छ।

सहयोगको अपेक्षा गर्दै परिवारले सम्बन्धित सबैलाई सम्पर्क गरी खबर पुर्‍याउन अनुरोध गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]