सुर्खेतमा स्कुल बसको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, कार्तिक ३०, २०८१

विराटनगर / सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट ६ वर्षीया बालिकाको ज्यान गएको छ। वीरेन्द्रनगरस्थित सनसाईन एकेडेमीको क प्र ०२-००१ क ००६८ नम्बरको बसले ठक्कर दिँदा वीरेन्द्रनगर-१ निवासी समीक्षा सुनारको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार बिहान करिब पौने १० बजे बाटो काट्ने क्रममा बालिकालाई बसले ठक्कर दिएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार घटनापछि बसका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको छ।

‘ठक्करको कारणबारे स्थानीयले बाटो काट्ने क्रममा घटना भएको बताएका छन्। विस्तृत अनुसन्धान जारी छ,’ डिएसपी विश्वकर्माले जानकारी दिए।

घटनाप्रति स्थानीयबासीले दु:ख व्यक्त गर्दै भविष्यमा यस्ता दुर्घटनाबाट बच्न प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]