“कर प्रणालीको सार, लगानीको आधार” मूलनारासहित १३औं राष्ट्रिय कर दिवस सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर ०१, २०८१

विराटनगर। “कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूलनाराका साथ शनिबारदेखि १३औं राष्ट्रिय कर दिवस तथा कर सप्ताह सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय विराटनगरले आयोजना गरेको कर सप्ताह मंसिर १ गते सुरु भई मंसिर ७ गते सम्पन्न हुनेछ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकाल, संघीय कोष तथा लेखा नियन्त्रण कार्यालय मोरङका प्रमुख टोमनाथ उप्रेती, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष दिपक पौडेल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, र विराटनगर व्यापार संघका अध्यक्ष अंशु बन्जारालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमअघि प्रभात फेरी पनि आयोजना गरिएको थियो।

कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरेको छ:

मंसिर २ (आइतबार): पहिलो सेवा ग्राहीलाई सम्मान।

मंसिर ३ (सोमबार): हाजिरी जवाफ प्रतियोगिता।

मंसिर ४, ५, र ६ (मंगलबारदेखि बिहीबारसम्म): विराटनगरका विभिन्न स्थानमा खुला करदाता शिक्षा कार्यक्रम।

मंसिर ७ (शुक्रबार): समापन समारोहमा उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान।

कार्यक्रमको माध्यमबाट कर प्रणालीप्रति नागरिक र व्यवसायीहरूलाई सचेत गराउने तथा कर तिर्ने संस्कृतिलाई प्रोत्साहित गर्ने उद्देश्य राखिएको छ। करदाता शिक्षाका विभिन्न कार्यक्रममार्फत आम नागरिकलाई करको महत्त्वबारे जानकारी दिइने बताइएको छ।

१३औं राष्ट्रिय कर दिवसले आर्थिक व्यवस्थापनमा योगदान पुर्‍याउँदै आर्थिक पारदर्शिताको महत्त्वलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]