नबिल बैंक आठौं पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर ०१, २०८१

विराटनगर / नबिल बैंक लिमिटेडले यस वर्ष पनि नेपाल सरकारद्वारा सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मान प्राप्त गरेको छ। राष्ट्रिय कर दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा नबिल बैंकलाई यो सम्मान प्रदान गरिएको हो।

शनिबार आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरेका थिए। बैंकको तर्फबाट वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान ग्रहण गरे।

नबिल बैंकले बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा आठौं पटक यो सम्मान जितेको छ। यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७, र २०७७/७८ मा पनि नबिलले यो सम्मान प्राप्त गरेको थियो।

नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा सर्वाधिक कर्पोरेट ट्याक्स बुझाएर यो उपलब्धि हासिल गरेको हो। बैंकको उच्च कर योगदानले राष्ट्रिय राजस्वमा महत्वपूर्ण भूमिका खेलेको छ।

नेपालमा मूल्य अभिवृद्धि कर (VAT) लागू भएको दिनलाई स्मरण गर्दै २०६९ सालदेखि सरकारले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। यस अवसरमा क्षेत्रगत रूपमा उत्कृष्ट करदातालाई सम्मान गर्ने परम्परा रहेको छ।

नेपाल सरकारले वित्तीय संस्थाहरू, उद्यमीहरू, र अन्य क्षेत्रका उत्कृष्ट करदाताहरूलाई सम्मान गर्दै आएको छ। यो सम्मानले संस्थाहरूलाई कर प्रणालीप्रति जिम्मेवार बनाउँदै राष्ट्रिय आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नबिल बैंकले आफ्नो उत्कृष्ट वित्तीय व्यवस्थापन, पारदर्शी सञ्चालन, र समयमै कर भुक्तानीका कारण यस सम्मानलाई निरन्तरता दिँदै आएको छ। यसले बैंकको व्यावसायिक प्रतिष्ठा र सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई झल्काउँछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]