झापाको दमकमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर /झापाको दमक नगरपालिका–३ स्थित दिपज्योती टोलमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ। आज बिहान करिब २ बजे जंगलबाट आएको जंगली हात्तीले ४५ वर्षीय मिनबहादुर भण्डारीमाथि आक्रमण गरेको हो।

हात्तीले भण्डारीलाई करिब सय मिटर परसम्म लछारपछार गरी उचालेर जमिनमा पछार्दा घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

स्थानीयका अनुसार हात्तीले टोलमा क्षति पुर्याउने उद्देश्यले आक्रमण गर्न थालेपछि भण्डारीले त्यसलाई तर्साउने प्रयास गरेका थिए। त्यसक्रममा हात्ती आक्रामक भई उनीमाथि जाइलागेको बताइएको छ।

हात्तीको आतंकका कारण स्थानीय बासिन्दामा त्रास फैलिएको छ। प्रहरी र वन कार्यालयले घटनाको अनुसन्धान सुरु गरेको र हात्ती नियन्त्रणको प्रयास भइरहेको जनाएको छ।

यस प्रकारको घटना रोक्न स्थानीय निकाय र सरोकारवाला निकायबीच समन्वय गरी प्रभावकारी कदम उठाउनुपर्ने आवश्यकता देखिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]