झापामा ट्रकको ठक्करले स्कुटर चालक महिलाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर /झापाको बिर्तामोड नगरपालिका-२ स्थित राम चोकमा आइतबार राति ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको ज्यान गएको छ।

प्रहरीका अनुसार ना ३ ख ४३६४ नम्बरको ट्रकले मे १० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा स्कुटर चालक शिवसताक्षी नगरपालिका-७ की २२ वर्षीया रोजी कटुवाल गम्भीर घाइते भइन्। उपचारका लागि बी एन्ड सी अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटरको पछाडि बसेकी २८ वर्षीया सरिता उराउ सामान्य घाइते भएकी छिन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

स्थानिय प्रहरीले दुर्घटनापछि ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]