सुनसरीको खनारमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु, बसमा आगजनी

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर/सुनसरी जिल्लाको खनारस्थित शान्ति चोकमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। इटहरी हुँदै विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो। प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

दुर्घटनापश्चात आक्रोशित स्थानीयले बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै आगो लगाएका छन्। आगजनीका कारण बस पूर्ण रूपमा जलेर ध्वस्त भएको छ।

बसमा आगो लाग्न थालेपछि यात्रुहरू भाग्न सफल भएका थिए। घटनापछि खनार क्षेत्र तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, बस चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]