सुनसरीको खनारमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु, बसमा आगजनी

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०२, २०८१

विराटनगर/सुनसरी जिल्लाको खनारस्थित शान्ति चोकमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। इटहरी हुँदै विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो। प्रहरीले मृतकको पहिचान खुल्न बाँकी रहेको जनाएको छ।

दुर्घटनापश्चात आक्रोशित स्थानीयले बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै आगो लगाएका छन्। आगजनीका कारण बस पूर्ण रूपमा जलेर ध्वस्त भएको छ।

बसमा आगो लाग्न थालेपछि यात्रुहरू भाग्न सफल भएका थिए। घटनापछि खनार क्षेत्र तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

यसैबीच, बस चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]