विराटनगरमा आगलागी, दुई पसलका सामान जलेर नष्ट

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

विराटनगर/ विराटनगर–७ स्थित मालपोत कार्यालयको कम्पाउन्डभित्र दुई पसलमा आगलागी भएको छ।

हिजो साँझ ६:३० बजे अमित साहले सञ्चालन गरेको चिया पसल र सुमन कार्कीको फोटोकपी पसलमा आगलागी भएको हो। प्रारम्भिक जानकारीअनुसार कार्कीको फोटोकपी पसलमा लाइन सर्ट भई आगलागी भएको थियो।

आगलागीबाट कार्कीको दुई थान ल्यापटप, एक थान फोटोकपी मेसिन, अमित साहको ग्यास सिलिन्डर (पड्केको), र फर्निचर लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

स्थानीयवासी, विराटनगर महानगरपालिकाका दुईवटा दमकल, र नेपाल प्रहरीको सहयोगमा आगो साँझ ७ बजे नियन्त्रणमा आएको थियो।

आगलागीबाट ठूलो आर्थिक क्षति भएको अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]