पथरी शनिश्चरे नगरमा विपन्नका घर निर्माण तीव्र, केही सम्पन्न, केही सुरुवातमा

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

विराटनगर/ पथरी शनिश्चरे नगरपालिकाले नगर क्षेत्रमा स्थायी रूपमा बसोबास गर्ने विपन्न नागरिकहरूको घर निर्माण कार्यलाई तीव्रता दिएको छ। नगरपालिकाले यस योजनालाई प्राथमिकताका साथ अघि बढाउँदै वडा नं. ५ का चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ का नारायण पोखरेलका घर निर्माण लगभग अन्तिम चरणमा पुगेको जानकारी नगरका सव-इन्जिनियर रञ्जित राजवंशीले दिएका छन्।

यससँगै वडा नं. ७ का लिलामाया आङ्देम्बे, इन्द्रबहादुर लिम्बू, महेन्द्रप्रसाद दाहाल, वडा नं. ४ का देवीमाया लिम्बू, मनकुमार श्रेष्ठ र वडा नं. ३ का धनबहादुर लिम्बूका घर निर्माण कार्यको सुरुवात भएको छ। नगरका प्रवक्ता नविन कार्कीका अनुसार नगरका अन्य विपन्न नागरिकहरूको घर निर्माण कार्य पनि क्रमागत रूपमा अघि बढाइनेछ।

नगरपालिकाको असोज १४ गते सम्पन्न कार्यपालिकाको बैठकले विपन्नका घर निर्माणका लागि आवश्यक बजेट र प्राविधिक लागत अनुमापन गरी काम अघि बढाउने निर्णय गरेको थियो। अधुरा अवस्थामा रहेका आवासलाई प्राथमिकीकरण गरी चालु आर्थिक वर्ष २०८१/८२ मा विनियोजित बजेटबाट निर्माण सम्पन्न गर्ने र अपुग रकम आगामी नगरसभाबाट व्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए।

नगरपालिकाको यो पहलले विपन्न नागरिकहरूको जीवनस्तर सुधार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]