झापा चारआली खानेपानीमा माओवादी उम्मेद्वार विजयी, काँग्रेस—एमालेका उम्मेद्वार पराजित

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

विराटनगर । झापा नेकपा एमालेको आधार जिल्ला हो । एमालेको प्रतिस्पर्धी दल काँग्रेस हो । २०७९ सालको निर्वाचनलाई आधार मान्ने हो भने झापामा माओवादी केन्द्र पाँचौं स्थान हो ।

तर, झापाको मेचीनगर—१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा भने कांग्रेस र एमालेका उम्मेद्वारलाई दोब्बर मतले पराजित गर्दै माओवादीका उम्मेद्वार विजयी भएका छन् ।

माओवादीका उम्मेद्वार राजन चिमरियाले अध्यक्ष पदमा विजयी मात्रै भएनन् उनको प्यानल नै जिताउन सफल भए । खानेपानी संस्थाको निर्वाचनमा नेपाली काँग्रेसको लोकतान्त्रिक समूह, नेकपा एमालेको प्रगतिशील समूह तथा नेकपा माओवादी केन्द्रसहित रास्वपालगायातका अन्य दलको साझा उम्मेद्वार समूह चुनावी प्रतिस्पर्धामा थिए । गत आइतबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रको नेतृत्वले १२ पदमध्ये ११ पदमा जित निकालेको छ ।

खुल्ला सदस्यमा नेकपा एमालेका हरिप्रसाद घिमिरेबाहेक सवै विजयी उम्मेद्वार माओवादी केन्द्रको नेतृत्वको गठबन्धनका हुन् । तीन लेखा समितिसहित १२ पदका लागि निर्वाचनको लागि मतदान भएको थियो । माओवादी केन्द्र मेचीनगरका अध्यक्षसमेत रहेका चिमरियाले ९ सय ११ मत प्राप्त गर्दा एमालेका सन्तोषकुमार मेचेले ४ सय ९३ र नेपाली काँग्रेसका बालकुमार विष्टले २ सय ७२ मत ल्याएका थिए ।

नेकपा एमालेका पुष्पा गौतम खनाललाई ८९ र नेपाली काँग्रेसका उम्मेद्वार दिपा आचार्य पौडेललाई २२४ मतान्तरले पछि पार्दैं गठबन्धनकै मैया कार्की उपाध्यक्षमा विजयी बनिन् । निर्वाचन समितिका अनुसार कार्कीले ६०९, खनालले ५२० र पौडेलले ३८५ मत प्राप्त गरेका थिए ।

सचिवमा पनि साझाका प्रेमराज घिमिरे ६६४ मत प्राप्त गरी विजयी भए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता हुन् । सचिवका प्रतिस्पर्धीहरु काँग्रेसका राजेन्द्रप्रसाद रिजालले ३४२ र एमालेका दामोदर घिमिरेले ५१६ मत प्राप्त गरे । कोषाध्यक्षमा पनि साझा उम्मेद्वार साउन मेचे (बादल)ले ५ सय ७७ मत ल्याएर विजयी बन्दा काँग्रेसका यमकान्त पौडेलले ३७८ र एमालेका प्रकाश बरालले ५५८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, साझा उम्मेदवारहरु पुरुषोत्तम सिग्देल (६१९), महिला सदस्य चन्द्रकला तदेबुङ् (६१३), तेजबहादुर लिम्बू (६७३), अञ्जु फेवादिन (५८९) विजयी भएका छन् । खुल्लाबाट एमालेका हरिप्रसाद घिमिरे (५८३) विजयी भए । लेखा समिति संयोजकमा साझाका अर्जन खनाल (५६२), खुल्ला सदस्यमा रुद्रप्रसाद रिजाल (६२४), महिला सदस्य रितादेवी रिजाल न्यौपाने (५७९) विजयी भएका छन् । यो निर्वाचन मत परिणामले झापाको कन्काई ६ मा आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा समेत असर गर्ने स्थानीय बताउँछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]