सप्तरीको छिन्नमस्ता गाउँपालिका-५ लोखरम बालविवाहमुक्त वडा घोषणा

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर ०५, २०८१

विराटनगर/ सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं-५ लोखरमलाई मंगलबार औपचारिक कार्यक्रमका साथ बालविवाहमुक्त वडा घोषणा गरिएको छ। छिन्नमस्ता गाउँपालिका, सेभ द चिल्ड्रेन सप्तरीको सहयोग तथा वडा कार्यालय र वडा बाल अधिकार समितिको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष जयप्रकाश ठाकुरले गरेका थिए भने छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी प्रमुख अतिथि रहेका थिए। साथै, विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी र स्थानीय बासिन्दाको उपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको थियो।

गाउँपालिका अध्यक्ष चौधरीले बालविवाहमुक्त वडाको घोषणासँगै ठूलो सामाजिक समस्याको समाधान भएको बताएका छन्। उनले नागरिकहरूलाई बालविवाहविरुद्ध अझै सचेत हुनुपर्ने र बालबालिकाको उज्ज्वल भविष्यका लागि बालविवाह अन्त्य गर्नु अपरिहार्य रहेको बताएका छन्।

कार्यक्रममा वडा नं-७ का अध्यक्ष अच्छेलाल यादव, सेभ द चिल्ड्रेन सप्तरीका अध्यक्ष ध्रुव देव, वडा नं-५ का सदस्य योगेन्द्र शर्मा, लोसपाका जिल्ला सदस्य सुन्दरकान्त मिश्र लगायतले मन्तव्य दिएका थिए।

बालविवाहमुक्त वडा घोषणाले लोखरमवासीलाई मात्र नभई सम्पूर्ण छिन्नमस्ता गाउँपालिकालाई बालविवाह रोकथाममा अगाडि बढ्न प्रेरणा दिने विश्वास कार्यक्रम आयोजकहरूले व्यक्तगरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]