मेयर कोइरालाको उपस्थितिमा मन्टेश्वरीका लागि सम्झौता 

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर ०५, २०८१

विराटनगर / विराटनगर—८ स्थित सुशिक्षा निकेतनमा मन्टेश्वरीका लागि भौतिक संरचना निर्माण हुने भएको छ ।

महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा भौतिक निर्माण गर्ने विषयमा त्रिपक्षीय सम्झौता भएको छ ।विराटनगर वडा नम्बर ८, विद्यालय र राउण्ड टेवल—५ बीच सम्झौता भएको हो । वडाध्यक्ष राम पोखरेल, विद्यालयका प्रधानाध्यापक चित्र पोखरेल र राउण्ड टेवलका तर्फबाट अध्यक्ष पियुष लुनिया र सचिव राजन भगतले हस्ताक्षर गर्नुभयो ।

१५ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा ८ नम्बर वडाले २५ प्रतिशत र बाँकी रकम राउण्ड टेवल—५ ले व्यहोर्ने सम्झौतामा उल्लेख छ । भौतिक संरचना निर्माणका लागि राउण्ड टेवलले १३ लाख रुपैयाँले व्यहोर्नेछ । एक महिनाभित्र निर्माण सम्पन्न गरी वडा कार्यालयलाई हस्तान्तरण गरिने र राउण्ड टेवल—५ का अध्यक्ष पियुष लुनियाले जानकारी दिनुभयो । राउण्ड टेवलले सो विद्यालयको बगैंचा निर्माण र रंगरोगनसमेत गर्नेछ ।

कार्यक्रममा मेयर कोइरालाले सबैको सहकार्य र सहयोगले भावीपुस्ताले गर्व गर्न लायक विराटनगर बनाउन सकिने उल्लेख गर्नुभयो । विराटनगरको विकासका लागि थुप्रै क्षेत्रमा साझेदारी गर्न सकिने उहाँको भनाइ थियो । वडाध्यक्ष राम पोखरेलले अन्य विद्यालयमा पनि मन्टेश्वरी सञ्चालन, शौचालय, पार्क निर्माणलगायतका विषयमा साझेदारी गर्ने योजना रहेको सुनाउनुभयो ।

यसअघि विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब, कक्षाकोठालगायत निर्माण गरेको थियो । त्यस्तै सो विद्यालयका विद्यार्थीलाई पोशाक वितरणसँगै खाजाको समेत व्यवस्था मिलाउँदै आएको छ । विद्यालयका १२ जना विद्यार्थी काठमाडौं घुमाउने योजनासमेत सचिव भगतले सुनाउनुभयो । विद्यार्थीलाई हवाई जहाजबाट लाने र ल्याउने व्यवस्था मिलाइनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]