ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाको उम्मेदवारी दर्ता 

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

विराटनगर/ मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आउँदो १६ मंसिरमा हुने उपनिर्वाचनका लागि  स्वतन्त्र सहित विभिन्न पार्टीबाट १६ जनाको उम्मेदवारी परेका हुन् ।

निर्वाचन आयोग, निर्वाचन अधिकृतको कार्यालय ग्रामथानले सिलसिलेवल रुपमा उम्मेदवारहरूका नामावली प्रकाशित गरेका छन्।

जस अनुसार सिरियल नम्बर १ मा नेकपा एमाले बाट तुलसीराम विश्वास, २. राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

बाट दिनेशकुमार थन्दार (दिवस), ३‌.नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, ४.जनता समाजवादी पार्टी बाट धर्मेन्द्रकुमार चौधरी,५.स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी ६. नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी ७. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार विश्वास खवास

८.नेपाल मजदुर किसान पार्टी बाट पर्शुराम विश्वास थारु

९.नेपाली कांग्रेसबाट बलराम सरदार थारु, १०.मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, ११.राप्रपा नेपालबाट राजु मुसहर १२.नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, १३.जनमत पार्टीबाट विनोदकुमार माझी,१४. रेशम चौधरीले नेतृत्व गरेका नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारु१५.समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझी १६. जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशीले मनोनयन दर्ता गरेका हुन् ।

स्वतन्त्रमा उम्मेदवारी दिएका नम नारायण चौधरी नेकपा एमालेबाट विद्रोह गरेका नेता हुन् भने माओवादी केन्द्रबाट उम्मेदवारी दिएका नमो नारायण माझी नेपाली कांग्रेसबाट भर्खरै नेकपा माओवादीमा प्रवेश गरेका नेता हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवारी दिएका नवीन कुमार विश्वास खवास गत संसदीय निर्वाचनमा स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका पराजित भएका नेता हुन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट जयप्रकाश गच्छदार ग्रामथान गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको निधनको २०८१ असार ३ गते भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]