मेडिकल व्यवसायी दुर्गा प्रसाईं साइबर कसुरमा हिरासतमा

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

विराटनगर / मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रहरीले सिंहदरबारको हिरासतमा राखेको छ। काठमाडौँ जिल्ला अदालतबाट म्याद लिएर साइबर ब्यूरोले उनलाई हिरासतमा राखेको हो।

बुधबार म्याद थपका लागि प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो। न्यायाधीश माधव प्रसाद अधिकारीले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन्।

यसअघि साइबरसम्बन्धी मुद्दामा पक्राउ पर्दा अदालतको आदेशअनुसार प्रसाईंलाई अस्पतालमा राखिएको थियो। तर, यस पटक अदालतले उनलाई अस्पतालमा राख्ने आदेश जारी गरेन।

प्रसाईंका कानुन व्यवसायी र निजी चिकित्सकले अदालतमा उनी साँघुरो कोठामा राखिँदा संक्रमण हुने र स्वास्थ्यमा समस्या देखिने भन्दै अस्पतालमा राख्न आग्रह गरेका थिए। तर, न्यायाधीश अधिकारीले उक्त माग अस्वीकार गरे।

प्रहरीले अनुसन्धान जारी राखेको छ भने प्रसाईंको स्वास्थ्य स्थिति र हिरासतको अवस्था बारे बहस चलिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]