मोरङ्गको बुढीगंगा गाउँपालिकामा मानव कंकाल फेला

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

विराटनगर/ मोरङ्ग जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं. ५ स्थित धान खेतमा मानव कंकाल फेला परेको छ। स्थानीयले आज बिहान करिब १० बजे धान काट्ने क्रममा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मोरङ्ग प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीका अनुसार कंकाल धान खेतमा छरपस्ट अवस्थामा भेटिएको छ। कंकाल कति पुरानो हो र कसको हो भन्ने विषय खुल्न सकेको छैन। अनुसन्धानका लागि कोशी अस्पताल विराटनगरका फरेन्सिक विशेषज्ञहरू घटनास्थलमा पुगेका थिए।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउँदै कंकालको पहिचान र घटनाका कारणबारे थप अनुसन्धान गरिरहेको छ।

स्थानीयले यस्तो घटना पहिलो पटक भएको बताउँदै चासो व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]