मोरङ्गको बुढीगंगा गाउँपालिकामा मानव कंकाल फेला

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

विराटनगर/ मोरङ्ग जिल्लाको बुढीगंगा गाउँपालिका वडा नं. ५ स्थित धान खेतमा मानव कंकाल फेला परेको छ। स्थानीयले आज बिहान करिब १० बजे धान काट्ने क्रममा कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मोरङ्ग प्रहरीका प्रवक्ता डीएसपी वेद प्रकाश जोशीका अनुसार कंकाल धान खेतमा छरपस्ट अवस्थामा भेटिएको छ। कंकाल कति पुरानो हो र कसको हो भन्ने विषय खुल्न सकेको छैन। अनुसन्धानका लागि कोशी अस्पताल विराटनगरका फरेन्सिक विशेषज्ञहरू घटनास्थलमा पुगेका थिए।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउँदै कंकालको पहिचान र घटनाका कारणबारे थप अनुसन्धान गरिरहेको छ।

स्थानीयले यस्तो घटना पहिलो पटक भएको बताउँदै चासो व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]