विराटनगरमा कर सप्ताहअन्तर्गत खुल्ला कर शिक्षा कार्यक्रम सञ्चालन

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

विराटनगर/ आन्तरिक राजस्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस र कर सप्ताहको अवसरमा मंसिर ४, ५ र ६ गते खुल्ला कर शिक्षा कार्यक्रम आयोजना गरेको छ। विराटनगर महानगरपालिका र मोरङ जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको यस कार्यक्रमप्रति करदाताहरूले विशेष चासो र जिज्ञासा व्यक्त गरेका छन्।

कार्यक्रमका संयोजक कम्प्यूटर अधिकृत हरि सेढाइले कर शिक्षा कार्यक्रम सञ्चालन गर्दा करदाताहरूलाई करसम्बन्धी दायित्व र समयसीमाबारे विस्तृत जानकारी प्रदान गरिएको बताए। प्रमुख कर अधिकृत भुपालराज शाक्यका अनुसार आन्तरिक राजस्व विभागले निर्धारण गरेको करको दायरा, तिर्नुपर्ने कर, र त्यसको प्रक्रिया करदातासम्म पु¥याउन कार्यक्रमको आयोजना गरिएको हो।

मंसिर १ गते सुरु भएको कर सप्ताह मंसिर ७ गते समापन हुने छ। सप्ताहभर प्रभात फेरी, उद्घाटन समारोह, हाजिरी जवाफ प्रतियोगिता, अन्तरक्रिया कार्यक्रम, र कर शिक्षा जस्ता गतिविधि आयोजना गरिएका छन्। सप्ताहको समापनमा उत्कृष्ट करदाता र उत्कृष्ट कर्मचारीलाई सम्मान र पुरस्कार प्रदान गरिने प्रमुख कर अधिकृत शाक्यले जानकारी दिए।

कार्यक्रमको सफलताका लागि प्रमुख कर अधिकृत शाक्यले कर अधिकृत भवानीप्रसाद दाहाल, प्रदीप कट्टेल, र कम्प्यूटर अधिकृत हरि सेढाइलाई विशेष जिम्मेवारी तोकेका छन्। जिम्मेवारी प्राप्त अधिकृतहरूले कार्यक्रम व्यवस्थित र प्रभावकारी बनाउन सक्रियताका साथ काम गरिरहेका छन् ।

खुल्ला कर शिक्षा कार्यक्रममा करदाताहरूले करसम्बन्धी आफ्ना जिज्ञासा राख्न पाएका थिए। कर शिक्षा कार्यक्रमले करप्रति जनचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कर सप्ताहको उद्देश्य करदातामैत्री वातावरण सिर्जना गर्दै करसम्बन्धी ज्ञान र प्रक्रियाबारे स्पष्टता दिनु रहेको आयोजकले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]