श्रीहरि सत्संग समिति नेपाल बिर्तामोड च्याप्टर कार्यालयको उद्घाटन

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर ०६, २०८१

बिर्तामोड । श्रीहरि सत्संग समिति नेपाल अन्तर्गत बिर्तामोड च्याप्टर कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता बिर्तामोड च्याप्टर अध्यक्ष श्री उमेश डालमिया ज्यूले गर्नु भएको थियो। प्रमुख अतिथि पुज्य सन्त स्वामी निरोगान्न्द जी महाराज ज्यू र विशिष्ट अतिथिहरूमा संस्थाको नेपाल प्रभारी श्री सुनिल सिंहल ज्यू, राष्ट्रिय अध्यक्ष श्री भीखम चन्द सरल ज्यू, बिर्तामोड च्याप्टर संरक्षक श्री भगवान दास जी, कोषाध्यक्ष श्री राजिव श्रेष्ठ, सचिव श्री बाबुलाल अग्रवाल, कार्यकर्ता विभाग प्रमुख श्री बिरेन्द्र बुढाथोकी, राष्ट्रिय उपाध्यक्ष पं. सोमनाथ सुबेदी ज्यू लगायत अन्य अतिथिहरू श्री जगदीश मिन्ढा, श्री नविन गटानी, श्री सुरेश भद्रपुरिया, झापा र इलाम जिल्लाका सेवाभर्ती कार्यकर्ता, बिर्तामोड नगरवासी र पत्रकारहरू उपस्थित थिए।

कार्यक्रमको आरम्भ संरक्षक श्री भगवान दास जी द्वारा उपस्थित सबै अतिथिहरूलाई स्वागत गरिएको थियो। अर्जुन धारा गलेश्वर धामको बटुक द्वारा स्वस्तिक बाचन गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणको रूपमा, कार्यालय उद्घाटनको समयमा राष्ट्रिय अध्यक्ष श्री भीखम चन्द सरल ज्यूले नरिवल फुटाएर उद्घाटन गर्नु भएको थियो।

संस्थाको उद्देश्य बारे नेपाल प्रभारी श्री सुनिल सिंहल ज्यूले जानकारी गराउँदै भने कि, कथा, भजन र सत्संगको माध्यमबाट सामाजिक विकृतिहरू हटाएर समरस समाज निर्माण गर्ने, छुवाछुत र भेदभावको अन्त्य गर्ने, र धर्म परिवर्तनको रोकथाम गर्ने कार्यमा संस्थाले निरन्तरता दिएको छ। प्रमुख अतिथि स्वामी निरोगान्न्द महाराज ज्यूले समाज र परिवारमा भगवान श्रीरामले देखाएको बाटो अनुसरण गर्ने कुरा जोड दिँदै, यसरी समाज र परिवार सुधार गर्न सकिने बताएका छन्।

कार्यक्रमको अन्त्यमा सह कोषाध्यक्ष श्री बिजेन्द्र अग्रवाल ज्यूले सबै अतिथिहरूलाई धन्यवाद दिनु भएको थियो, र बिर्तामोड च्याप्टरले आगामी दिनमा श्रीहरि रथको आयोजना गर्ने घोषणा गरिएको थियो। कार्यक्रमको सम्पूर्ण व्यवस्थापन विराटनगर सम्भाग प्रमुख श्री सुनिल खवास ज्यूले बिर्तामोड च्याप्टर समितिको सचिव श्री बाबुलाल अग्रवाल ज्यू र कोषाध्यक्ष श्री राजीव श्रेष्ठ ज्यूसँग समन्वय गरेर गरेका थिए। कार्यक्रम संचालन संस्थाको राष्ट्रिय योजना प्रमुख अरविन्द कुमार साहले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]