१३ औं राष्ट्रिय कर दिवसको अवसरमा एम.ए.डब्लु हारय पर्चेज उत्कृष्ट करदाता सम्मानित

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर ०७, २०८१

विराटनगर / आन्तरिक राजस्व कार्यालय विराटनगरले १३औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापन समारोहमा एम.ए.डब्लु हायर पर्चेज प्रा.लि.लाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ।

शुक्रबार आयोजित कार्यक्रममा, एम.ए.डब्लु हायर पर्चेजले आर्थिक वर्ष २०७९/०८० मा २ करोड ४६ लाख ९३ हजार ६ सय ६६ रुपैयाँ कर तिरेको उल्लेख गर्दै यसको योगदानलाई उच्च मूल्यांकन गरिएको हो। नेपाल राष्ट्र बैंकबाट वित्तीय हायर पर्चेज कारोबार गर्ने संस्थाको मान्यता प्राप्त एम.ए.डब्लु हायर पर्चेजको काठमाडौं र विराटनगरमा कार्यालयहरू रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत भुपालराज शाक्यले एम.ए.डब्लु हायर पर्चेजका महाप्रबन्धक प्राणनाथ भट्टराईलाई सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरे।

समारोहमा कार्यालयका उत्कृष्ट कर्मचारीको रूपमा केशवबहादुर बस्नेतलाई सम्मान गरियो। साथै, कर सप्ताहको अवसरमा आयोजित अन्तरकलेज हाजिरीजवाफ प्रतियोगितामा विजेता कलेजहरूलाई पुरस्कृत गरिएको थियो। प्रतियोगितामा अरनिको कलेज प्रथम, एभरेस्ट कलेज दोस्रो, मेरिल्याण्ड कलेज तेस्रो, र शिक्षादीप कलेजले सान्त्वना पुरस्कार प्राप्त गरे।

प्रमुख अतिथि प्रेमप्रसाद भट्टराई र प्रमुख कर अधिकृत भुपालराज शाक्यले प्रतियोगिताका विजेतालाई प्रमाणपत्र प्रदान गरे।

समारोहमा विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी तिलक प्रसाईं, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अविनाश बोहरा, मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष अनिल सारडा, र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था विराटनगर शाखाका अध्यक्ष अश्विनी बंशललगायत उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो।

कर सप्ताहलाई भव्य रूपमा सम्पन्न गर्न आन्तरिक राजस्व कार्यालयका कर अधिकृत भवानीप्रसाद दाहाल, प्रदीप कट्टेल, र कम्प्युटर अधिकृत हरि सेढाइले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

कर सप्ताह मंसिर १ देखि सुरु भई मंसिर ७ गते सम्पन्न भएको थियो। यो कार्यक्रम करप्रतिको जनचेतना र जिम्मेवारी अभिवृद्धिका लागि विशेष रूपले सफल भएको आयोजकले बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]