इजिप्टमा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ आयुष्नोभा ढुङ्गानाको सहभागिता

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर ०७, २०८१

विराटनगर / ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ विजेता डा. आयुष्नोभा ढुङ्गाना ले नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल २०२४’ मा प्रतिनिधित्व गर्दैछिन्। इजिप्टको शर्म अल शेखस्थित सनराइज रिमल होटल मा नोभेम्बर २१ बाट सुरु भएको यो प्रतिष्ठित प्रतियोगितामा उनी सहभागी हुन बिहीबार इजिप्ट प्रस्थान गरेकी हुन्।

डा. ढुङ्गानाले नेपाललाई यस प्रतियोगितामा पहिलो पटक सहभागी गराउन पाउँदा गर्व महसुस भइरहेको बताएकी छन्। विभिन्न सांस्कृतिक, सामाजिक, र सौन्दर्य पक्षलाई विश्वसामु प्रस्तुत गर्दै उनी प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने लक्ष्यसहित तयारीमा जुटेकी छन्।

‘मिस इन्टरकन्टिनेन्टल’ विश्वकै चर्चित सौन्दर्य प्रतियोगितामध्ये एक हो, जसमा विश्वभरका ७० भन्दा बढी देशका प्रतियोगीहरू प्रतिस्पर्धा गर्दैछन्। यो प्रतियोगिता महिलाको आत्मविश्वास, व्यक्तित्व, र विविधतालाई सम्मान गर्ने माध्यमका रूपमा रहेको छ।

प्रतियोगिताको फाइनल नोभेम्बर ३० मा आयोजना हुनेछ। डा. ढुङ्गानाको सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय सौन्दर्य मञ्चमा थप चिनाउने विश्वास लिइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]