नेपालमा पहिलो पटक ‘नेपाल कबड्डी लिग’ आयोजना हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर ०८, २०८१

विराटनगर / नेपालमा पहिलो पटक ‘नेपाल कबड्डी लिग’ (एनकेएल) आयोजना हुने भएको छ। यस फ्रेन्चाइज लिगमा देशका ६ शहरको प्रतिनिधित्व गर्ने गरी टोली सहभागी हुनेछन्।

लिगका लागि काठमाडौं, पोखरा, विराटनगर, बुटवल, जनकपुर र धनगढीबाट फ्रेन्चाइज टोली छनोट गरिएको छ। एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री रमेश लेखकले लिगमा सहभागी हुने ६ वटा फ्रेन्चाइज टोलीको नाम घोषणा गरेका हुन्।

त्यसै अवसरमा एनकेएलको लोगो र ट्रफी पनि सार्वजनिक गरिएको थियो। अखिल नेपाल कबड्डी संघले आगामी १० वर्षसम्मका लागि लिग आयोजना गर्ने अधिकार एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिलाई दिएको छ।

कबड्डी संघका महासचिव अरविन्दकुमार झाका अनुसार प्रतियोगिता आगामी जुलाईमा आयोजना गरिने योजना रहेको छ।

यो लिगले नेपालमा कबड्डी खेलको विकास र लोकप्रियतामा नयाँ उचाई ल्याउने विश्वास आयोजकले लिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]