चितवनबाट १८५ किलोग्राम गाँजासहित चालक पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर ०८, २०८१

विराटनगर/  चितवन भरतपुर महानगरपालिका-६ निवासी ३९ वर्षीय शेर बहादुर लामा १८५ किलोग्राम गाँजासहित पक्राउ परेका छन्। प्रहरीले कमलामाई नगरपालिका-९ स्थित चेकपोस्टबाट उनलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले चितवनबाट हेटौंडा, सिन्धुली हुँदै बर्दीबासतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २२८० नम्बरको पिकअप गाडीमा चेकजाँच गर्ने क्रममा फल्स बटम बनाई लुकाइ राखिएको अवस्थामा गाँजा फेला पारेको थियो।

पक्राउ परेका लामामाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ। गाँजाको तस्करीमा संलग्न व्यक्ति र समूह पहिचान गर्न अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]