धनपालथान-६ मा मोटरसाइकल दुर्घटना, विवरण आउन बाँकी

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर ०८, २०८१

विराटनगर / धनपालथान गाउँपालिका-६, दादर बैरियामा मोटरसाइकल दुर्घटना भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना रहेको जनाइएको छ। हाल उनीहरूको अवस्थाबारे थप विवरण प्राप्त भइसकेको छैन।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको र थप विवरण संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।

स्थानीयवासीका अनुसार दुर्घटना गम्भीर हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रयास गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]