विराटनगर जेसिसको ५२ औं अध्यक्षमा प्रीतेशराज दाहाल निर्वाचित

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०९, २०८१

विराटनगर /  विराटनगर जेसिसको ५२ औं अध्यक्ष पदमा प्रीतेशराज दाहाल निर्वाचित भएका छन्। जेसिसको सचिवालयमा सम्पन्न निर्वाचनमार्फत दाहाल अध्यक्ष पदमा विजयी भएका हुन्।

नव निर्वाचित कार्यसमितिमा वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा सुभाष भण्डारी, कार्यकारिणी उपाध्यक्षमा शिवशंकर मण्डल र अभिषेक भट्टराई निर्वाचित भएका छन्। यस्तै, उपाध्यक्ष पदमा अनुज दाहाल, मनोज तिवारी, शिवराज पोखरेल र रिजन सिग्देल निर्वाचित भएका छन् भने जनसम्पर्क अधिकारीको जिम्मेवारी अभिषेक गौतमले पाएका छन्।

अध्यक्ष पदमा निर्वाचित प्रीतेशराज दाहालले नयाँ विचारका साथ जेसिसलाई थप उचाइमा पुर्‍याउने र सामाजिक तथा विकासात्मक कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।

वर्तमान अध्यक्ष तुलसीले चाँडै नै विशेष कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण गरिने जानकारी दिएका छन्। यस कार्यक्रमले जेसिसको नयाँ कार्यकाललाई थप ऊर्जाशील बनाउने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]