काठमाडौंको होटेलमा सुनसरी र मोरङको युवायुवती मृत अवस्थामा फेला 

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०९, २०८१

विराटनगर /  काठमाडौंको सिनामंगलस्थित एक होटेलमा आइतबार बिहान एक युवायुवती मृत अवस्थामा फेला परेका छन्। होटेल जन्मभूमिको चौथो तलाको कोठा नम्बर १२० मा उनीहरूका शव फेला परेको हो।

प्रहरीका अनुसार मृतकहरू सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी ३० वर्षीय शर्मिलाकुमारी माझी हुन्। उनीहरू केही दिनअघि उक्त कोठा भाडामा लिएर बसेका थिए।

घटनाबारे सूचना प्राप्त भएपछि बिहान करिब साढे ७ बजे प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू झुन्डिएर मृत अवस्थामा भेटिएका छन्। घटनाको कारण खुल्न नसकेकाले प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ।

यो घटना रहस्यमय मानिएको छ, र मृतकका परिवारजनलाई खबर गरिसकिएको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासी र सम्बन्धित निकायले घटनालाई गम्भीर रूपमा लिँदै यथाशीघ्र सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]