दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका फुलेश्वर मेहताको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०९, २०८१

विराटनगर /  मेडिकल व्यवसायी दुर्गा प्रसाईं सवार गाडीको ठक्करबाट घाइते भएका कोशी गाउँपालिका-३ का ६० वर्षीय फुलेश्वर मेहताको उपचारका क्रममा मृत्यु भएको छ। सुनसरी प्रहरीले शुक्रबार मृत्युको पुष्टि गरेको हो।

गत कात्तिक २५ गते बागमती प्रदेश ०१-०२८ च ०२०१ नम्बरको गाडीले नहर चोक नजिक मोटरसाइकललाई ठक्कर दिएको थियो। कोशी ब्यारेजतर्फ गइरहेको गाडीको ठक्करबाट फुलेश्वर मेहता र अर्का एक जना घाइते भएका थिए।

घटनापछि मेहतालाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। तर, गम्भीर चोटका कारण उनको उपचारका क्रममा निधन भएको सुनसरी प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र आवश्यक कानूनी प्रक्रिया अघि बढाएको जानकारी दिएको छ। गाडीका चालक र घटनाको जिम्मेवारीबारे भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

यस दुर्घटनाले स्थानीय क्षेत्रमा शोकको माहोल छाएको छ। परिवारजनले दोषीलाई कानूनी कारबाहीको माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]