सहकारी ठगी प्रकरणमा रवि लामिछानेको हिरासत अवधि पुनः १५ दिन थप

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०९, २०८१

विराटनगर/ सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरण आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत अवधि पुनः १५ दिन थपिएको छ।

कास्की जिल्ला अदालतले आइतबार लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, र व्यवसायी रामबहादुर खनाललाई थप १५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। अनुसन्धानका लागि म्याद थप गर्न उनीहरूलाई बिहान १० बजे अदालतमा उपस्थित गराइएको थियो।

लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंको चमतीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो। उनी कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन्। यसअघि, कास्की जिल्ला अदालतले कात्तिक ४ मा ६ दिन, कात्तिक ८ मा ७ दिन, कात्तिक २० मा १० दिन, र कात्तिक २५ मा १३ दिन म्याद थप गरेको थियो।

प्रहरीका अनुसार सहकारी ठगी, सङ्गठित अपराध, र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि हिरासत अवधि थप गरिएको हो। अदालतले आगामी अनुसन्धानका लागि थप प्रमाण जुटाउन अनुमति दिएको छ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]