विराटनगर किङ्सका खेलाडीले शक्तिपिठमा पूजा, एनपीएलका लागि तयारी तीव्र

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०९, २०८१

विराटनगर/ विराटनगर किङ्सका खेलाडीहरूले शनिबार साँझ विराटनगरस्थित शक्तिपिठ काली मन्दिरमा विशेष पूजा तथा आरती गरेका छन्। विजय प्राप्तिको कामनासहित आयोजित यस पूजामा खेलाडीहरूसँगै टिमका सञ्चालकहरू पारस लुनियाँ, सुयश प्याकुरेल, राजेश बगडिया, र अनुज पौडेल समेत सहभागी थिए।

काली मन्दिरमा आयोजित पूजापछि टोलीले आफ्नो विश्वास प्रकट गर्दै आगामी नेपाल प्रिमियर लिग (एनपीएल) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको बताइएको छ। यसअघि, शुक्रबार साँझ विराटनगर–१ पोखरीयास्थित परोपकारधाम आरतीमा पनि टिमका सदस्यहरूको सहभागिता रहेको थियो।

कोशी प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएलमा सहभागी हुने विराटनगर किङ्स टिमले मंसिर १५ गतेदेखि काठमाडौंको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि प्रशिक्षण तीव्र पारेको छ। टिममा ५ विदेशी खेलाडी सहितका सदस्यहरू छन्।

नेपाली खेलाडीहरूमा सन्दीप लामिछाने, प्रतिश जिसी, वसिर अहमद, लोकेश बम, जितेन्द्र मुखिया, राजेश पुलामी, अनिल खरेल, दीपक बोहोरा, सुभाष भण्डारी, नरेश भट्ट, र मृणाल गुरुङ रहेका छन्। विदेशी खेलाडीका रूपमा आयरल्याण्डका केभिन ओ ब्रायन मुख्य प्रशिक्षकको भूमिकामा छन्।

नेपाल प्रिमियर लिगमा ८ टिमको सहभागिता रहेको छ। मंसिर १५ देखि पुष ६ गतेसम्म हुने यस प्रतियोगिताका सबै खेल त्रिभुवन विश्वविद्यालयको कृतिपुर मैदानमा हुनेछन्। प्रतियोगिताका लागि विराटनगर किङ्सले आक्रामक रणनीति र सुदृढ तयारीका साथ मैदानमा उत्रने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]