सबैको सामूहिक प्रयासले मात्रै लैंगिक हिंसा रोक्न सकिन्छ : मेयर कोइराला 

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १०, २०८१

विराटनगर/  लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले सोमबार वृहत ¥यालीको आयोजना गरेको छ ।

विराटनगर महानगरपालिका परिसरबाट मेयर नागेश कोइरालाको नेतृत्वमा सुरु भएको ¥यालीले रेडक्रसचोक, जिल्ला प्रशासन चोक, शहीद रंगशाला, अस्पताल चोक, ठाकुरवाडी रोड बुधहाटचोट, ट्राफिक चोक हुँदै हिमालयरोडमा पुगेर कोणसभामा परिणत भएको थियो । मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, एसपी नारायण चिमरिया, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, काजीबहादुर बस्नेत, कुमार पोखरेल, जितन थापा, तीर्थेन्द्र नेउपानेसहित कार्यपालिकाका सदस्यलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको ¥यालीमा पञ्चेबाजासँगै सहभागीले नाचगानसमेत गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले लैंगिक हिंसा रोक्न १६ दिने अभियानले मात्रै नपुग्ने बताउनुभयो । उहाँले घरघरमा सचेतना पु¥याउनुपर्नेमा जोड दिनुभयो । ‘लैंगिक हिंसा रोक्नका लागि १६ दिन अभियान सञ्चालन गरेर मात्रै पुग्दैन,’ मेयर कोइरालाले भन्नुभयो, ‘यस्ता अभियान हरेक दिन हुनुपर्दछ । कोही लैंगिक हिंसामा परेका छन् भने महानगरको न्यायिक समितिमा उजुरी गर्न सक्नुहुनेछ । लैंगिक हिंसामा परेर कोही पनि नबस्नुहोला ।’

त्यस्तै उपमेयर कार्कीले महिला मात्रै नभएर पुरुष पनि हिंसामा पर्ने गरेको सुनाउनुभयो । उहाँले कोही पनि पुरुष हिंसामा परेको भए न्यायिक समितिमा उजुरी दर्ता गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले महिला मात्रै होइन पुरुष पनि हिंसामा परेका छन् । यदि कोही हिंसामा पर्नुभएको छ भने न्यायिक समितिमा उजुरी गर्नुहोस् हामी नाम योप्य राख्छौं ।’

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले लैंगिक हिंसा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको औंल्याउनुभयो । उहाँले सरकार, राजनैतिक दल, नागरिक समाज, पत्रकार सबैको सामूहिक प्रयासले मात्रै लैंगिक हिंसा रोक्न सकिने स्पष्ट पार्नुभयो । महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले लैंगिक हिंसाविरुद्धको अभियानले सचेतना वृद्धिमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । गैसस महासंघ मोरङकी सहसचिव तथा मानव अधिकार सञ्जालकी सहसंयोजक वाग्मता कट्टेललगायतले

महानगरको नेतृत्वमा भएको ¥यालीमा माइती नेपाल, एवीसी नेपाल, ओरेक नेपाल, नारी विकास संघ, इन्सेक, कोकन, कोशी नर्सिङ कलेज, स्काउट, महेन्द्र मोरङ क्याम्पस, नेपाल प्रहरी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, नागरिक समाज, नगर बाल क्लबलगायतका गैसस महासंघ मोरङ र मानवअधिकार सञ्जालमा आबद्ध रहेका संघसंस्थाका प्रमुख र प्रतिनिधिसहित १५ सयभन्दा बढीको सहभागिता रहेको थियो । ‘हामी सबैको प्रतिबद्धता ः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ मंसिर २५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत विभिन्न संघसंस्थाको संयोजनमा विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]