झापाको बिर्तामोडमा आगलागी, एउटा टिपर जलेर नष्ट

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १०, २०८१

विराटनगर / बिर्तामोड नगरपालिका–६ मा गएराति भएको आगलागीले ठूलो क्षति पुर्‍याएको छ। मसाले टोल निवासी अर्जुन थलानको परालको थुप्रोमा राति १:४० बजे अचानक आगलागी हुँदा नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मतका लागि राखिएको एउटा टिपर पनि जलेर नष्ट भएको छ।

जलेको टिपर सक्षम निर्माण सेवाको बा.०३–००१ क ०३३१ नम्बरको रहेको र त्यसको अगाडिको भाग पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीका कारण करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी चौकी बुट्टाबारीबाट खटिएको प्रहरी टोली तथा स्थानीयको सहयोगमा आगो राति २:३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन, र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]