इटहरीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु, प्रभात फेरी कार्यक्रम सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १०, २०८१

विराटनगर/ इटहरीमा ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा प्रभात फेरी कार्यक्रमको आयोजना गरियो। ‘हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ अभियानको पहिलो दिन प्रभात फेरीको आयोजना गरिएको हो।

प्रभात फेरी इटहरी उपमहानगरपालिकाको परिसरबाट सुरु भई हटियालाईन, राधाकृष्ण मन्दिर, विपी चौक, आइतबारे, र इटहरी मुख्य चौक हुँदै पुनः उपमहानगरपालिकाको परिसरमा टुंगिएको थियो।

कार्यक्रममा सहभागीहरूले “हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता”, “बुझौँ, सुनौँ: लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऔँ”, र “सभ्य समाजको पहिचान: लैङ्गिक हिंसा विरुद्धको अभियान” जस्ता नाराहरू प्रस्तुत गरेका थिए।

प्रभात फेरी कार्यक्रम सम्पन्न भएपछि, इटहरी उपमहानगरपालिकाको परिसरमा लैङ्गिक हिंसा विरुद्धको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न गरियो।

कार्यक्रममा इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरी, महिला सञ्जाल इटहरी, माया घर नेपाल, श्रमिक महिला साझा मञ्च, ज्येष्ठ नागरिक समन्वय समिति इटहरी, मानव कल्याण समाज, माइती नेपाल, लोकतन्त्र र न्यायका लागि आमा समूहका साथै इटहरीस्थित विद्यालय र विभिन्न सङ्घ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण शाखा प्रमुख सङ्गीता पोख्रेलका अनुसार, १६ दिने अभियानको अवधिमा प्रत्येक दिन कुनै न कुनै दिवस समर्पित कार्यक्रम आयोजना गरिनेछ। अभियानले लैङ्गिक हिंसा विरुद्ध जनचेतना फैलाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रमले समाजमा लैङ्गिक हिंसा र विभेदको अन्त्य गर्दै सभ्य र समानताको अवधारणा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]