चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएसका लागि सिट बाँडफाँट, पूर्वका चार संस्थालाई ३५० सिट

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १०, २०८१

विराटनगर / चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि चिकित्सा शिक्षा कार्यक्रमको स्नातक तह (एमबीबीएस) अध्ययनका लागि देशभरका संस्थाहरूलाई सिट बाँडफाँट गरेको छ। आयोगले सरकारी तथा निजी शिक्षण संस्थाहरूलाई ८ हजार ७० सिट उपलब्ध गराएको छ।

पूर्व क्षेत्रका चार संस्थाले एमबीबीएस अध्ययनका लागि ३५० सिट पाएका छन्।

बीएण्डसी मेडिकल कलेज, बिर्तामोड: ५० सिट

नोबेल मेडिकल कलेज, विराटनगर: १०० सिट

विराट मेडिकल कलेज, विराटनगर: १०० सिट

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान: १०० सिट

एमबीबीएस कार्यक्रमका लागि कुल २,१४० सिट बाँडफाँट गरिएको छ। पहिलो पटक एमबीबीएस अध्यापन गर्नका लागि निम्न प्रतिष्ठानले सिट पाएका छन्:

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान: ५० सिट

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान: ५० सिट

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान: ५० सिट

अन्य प्रमुख संस्थाहरूको सिट विवरण:

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान: ६५ सिट

महाराजगन्ज मेडिकल क्याम्पस, नोबेल मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, नेपाल मेडिकल कलेज: १०० सिट

देवदह मेडिकल कलेज: ७५ सिट

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जानकी मेडिकल कलेज: ५० सिट

झापाको बिर्तामोडस्थित विवादमा रहेको बीएण्डसी मेडिकल कलेजले पनि ५० सिट पाएको छ। जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार, लामो प्रतीक्षा पछि स्वीकृति पाएपछि अब एमबीबीएस अध्यापनको तयारी सुरु भएको छ। ३०० शय्याको अस्पतालसहित

 

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]