लागूपदार्थ सेवन गरी सवारी साधन कुदाउने १० चालक नियन्त्रणमा

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १०, २०८१

विराटनगर / जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र नेपाल प्रहरीको संयुक्त टोलीले लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने १० जना चालकलाई नियन्त्रणमा लिएको छ। शनिबार विराटनगर महानगरपालिकासँग सीमा जोडिएको नेपाल-भारत सीमावर्ती क्षेत्रमा चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार १५ वटा सवारी साधनको चेकजाँच गर्दा १० जना चालकले लागूपदार्थ सेवन गरेको पुष्टि भएको छ। तीमध्ये ५ जना सिटी सफारीका चालक र ५ जना मोटरसाइकल चालक रहेका छन्।

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई कानुनअनुसार दफा १६० को उपदफा १४२ बमोजिम १ हजार रुपैयाँ जरिवाना गरिने प्रावधान छ।

पछिल्लो समय विराटनगरमा सिटी सफारी चलाउनेहरूको संख्या बढिरहेको छ। तर, धेरैजसो सिटी सफारी चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको र केहीले लागूपदार्थ सेवन गरेर सार्वजनिक सवारी साधन चलाउँदा सर्वसाधारणको ज्यान जोखिममा परिरहेको प्रहरी निरीक्षक लम्सालले बताए।

सार्वजनिक सवारी साधनका यात्रुको सुरक्षा सुनिश्चित गर्न लागूपदार्थ सेवन गर्ने चालकविरुद्ध कडा कारवाही अगाडि बढाइने जनाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]