पथरीमा सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १०, २०८१

विराटनगर/  मोरङको पथरीशनिश्चरे–१, पश्चिम बस स्ट्यान्डस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। आज साँझ ७ बजे बेलबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र १-०२-०४० प ६०२५ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको NL-01 AD 5511 नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि मंगलबारेस्थित ट्रमा सेन्टरमा पुर्‍याइएको थियो। तर, चिकित्सकले उनलाई साँझ ७:१५ बजे मृत घोषणा गरेका छन्। घाइते चालकको पहिचान खुल्न सकेको छैन।

दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक ४२ वर्षीय दिनेश कुमार दासलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ। दिनेश कुमार दास भारत, उत्तर प्रदेश, मिर्जापुरका बासिन्दा हुन्।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]