

दुहबी /नगर प्याब्सन दुहबीको अध्यक्षमा पुन: सुशील कुमार शाक्य निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न तेस्रो नगर अधिवेशनले सुशील कुमार शाक्यको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । निर्वाचित हुनेहरुमा सचिवमा एस.रहमान रैन कोषाध्यक्षमा दिपेश राउत तथा सदस्यहरुमा खेम नरायण माझी ,हरि नरायण माझी,मनिष रौनियार र बिधानन्द यादब छन् ।
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रिय सल्लाहकार शंकर थापाले निजी विद्यालयले बद्लिदो अवस्थामा आफूलाई खरो रुपमा बदल्दै बद्लिदो परिवेश अनुसारको शिक्षा दिनुपर्नेमा जोड दिए । उनले फरक प्रसङ्गमा बिगतमा प्याब्सनको नेतृत्वको खडेरी लाग्ने गरेको सम्झदै अबको अवस्था ठिक बिपरित रहेको बताउँदै अब जिल्ला, नगरमा नेतृत्वको अभाव नहुने बताए ।
प्याब्सन नगर अध्यक्ष सुशील कुमार शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको खुल्ला सत्रमै सचिव एस.रहमान रैनले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष सुनिल बनजारणले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो ।
अधिवेशनको खुल्ला सत्रमा प्याब्सन जिल्ला कार्यवाहक अध्यक्ष नेल्सन थानेश्वर ढकाल, नगर प्याब्सन ईनरुवा रमेश गुरागाई , नगर प्याब्सन गढिका अध्यक्ष राजाराम कुमार महेता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नवनिर्वाचित समितिको आजै पद तथा गोपनियताको सपथ तथा पदस्थापना सम्पन्न भएको छ ।
नवनिर्वाचित अध्यक्ष सुशील कुमारी शाक्यले नगर प्याब्सनको नेतृत्व गर्नुपर्ने जिम्मेवारी पुन: प्राप्त गर्दै जादा अफूलाई थप जिम्मेवार तथा गम्भीर बनाएको बताए । उनले कुनै पनि सदस्य विद्यालय तथा संचालकको भरोसा नतोड्ने गरि कार्य गर्ने बताए । उनले निजी विद्यालयको हक हितमा यो समिति पूर्णरुपमा लागिपर्ने प्रतिवद्धता जाहेर गरे ।