रवि लामिछाने काठमाडौं ल्याइँदै, सहकारी ठगी प्रकरणमा बयान हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर ११, २०८१

विराटनगर/ कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ। सहकारी ठगी प्रकरणमा बयानका लागि उनलाई मङ्गलबार बिहान साढे ८ बजे बुद्ध एयरको जहाजमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई काठमाडौं ल्याइएको हो। कास्की जिल्ला अदालतले गत आइतबार उनलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि बयानका लागि काठमाडौं ल्याइएको हो। बयानपछि उनलाई फेरि पोखरामा फर्काइने जनाइएको छ

रवि लामिछानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले गत कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो। स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित ठगी प्रकरणमा उनीमाथि अनुसन्धान भइरहेको छ।

लामिछानेका समर्थकहरूले यस घटनालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् भने विरोधीहरूले यसलाई कानुनी प्रक्रिया भन्दै अनुसन्धानलाई अगाडि बढाउनुपर्ने माग गरेका छन्। घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]