झापामा प्रतिबन्धित औषधीसहित युवक पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर ११, २०८१

विराटनगर/ झापा, कमल गाउँपालिका–७ निवासी ३८ वर्षीय संदेश बस्नेत प्रतिबन्धित औषधीसहित पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा बस्नेतको घरमा चेकजाँच गर्दा प्रतिबन्धित औषधीको ठूलो मात्रामा फेला परेको हो। प्रहरीका अनुसार, घरमा लुकाइराखेको अवस्थामा ट्रामाडोल ४९३ पत्ता, स्पासेन ५०३ पत्ता, र डेकोलिक ४२ पत्ता फेला परेको छ।

प्रतिबन्धित औषधीसहित बस्नेतलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]