विराट मेडिकल कलेज शिक्षण अस्पताल सम्मानित

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर ११, २०८१

विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचौकमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पताललाई नेपाल सरकारले सम्मान गरेको छ।

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ मा कोशी प्रदेशका स्वास्थ्य संस्थाहरू मध्ये उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै उक्त अस्पताललाई सम्मान प्रदान गरेको हो।

७ औं सामाजिक सुरक्षा दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोषमा सूचीकृत भई योगदानकर्ताहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरेकोमा विराट मेडिकल कलेज शिक्षण अस्पतालका सिईओ डिनिस कार्कीलाई सम्मानपत्र प्रदान गरे।

विराट मेडिकलले प्रदेशभर सबैभन्दा बढी र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्दै आएको उल्लेख गर्दै सामाजिक सुरक्षा कोषले अस्पताललाई उत्कृष्ट सेवा प्रदायक संस्थाको रुपमा मूल्यांकन गरेको हो।

यस सम्मानले विराट मेडिकललाई थप प्रेरणा मिल्ने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]