सुन्दरहरैँचा र बूढीगंगामा भएका दुर्घटनामा दुईजनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १२, २०८१

विराटनगर/ मोरङको सुन्दरहरैँचा र बूढीगंगामा मंगलबार राति भएका छुट्टा-छुट्टै दुर्घटनामा दुईजनाको ज्यान गएको छ।

सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडामा प्रदेश १–०२–०४६ प ३२१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६४ वर्षीया सीता गुरागाईंको मृत्यु भएको हो। घटनापछि प्रहरीले मोटरसाइकल चालक २६ वर्षीय भुवन खप्तडीलाई नियन्त्रणमा लिएको छ। चालकसँग सवारी चालक अनुमतिपत्र फेला नपरेको प्रहरीले जनाएको छ।

यस्तै, बूढीगंगा गाउँपालिका–५ मा साइकलबाट लडेर सोही ठाउँका २५ वर्षीय जलेश्वर सरदारको मृत्यु भएको छ।

दुबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]