विराटनगर किङ्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने कोशी प्रदेश सरकारदको घोषणा

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १२, २०८१

विराटनगर/ त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा उपाधि जित्ने हो भने कोशी प्रदेश सरकारले विराटनगर किङ्सलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मङ्गलबार राति विराटनगर किङ्सका खेलाडीलाई बिदाइ गर्दै यो घोषणा गरेका हुन्। मुख्यमन्त्री कार्कीले टोलीलाई जितको शुभकामना दिँदै खेल क्षेत्रको विकासमा सरकार गम्भीर रहेको बताए। उनले खेलकुदले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान बनाउन पनि सहयोग पुग्ने बताएका छन्।

मुख्यमन्त्री कार्कीले भने, “खेलकुद क्षेत्रमा प्रदेश सरकारको स्रोत र साधनले भ्याएसम्म सहयोग गर्न तयार छ। आगामी दिनमा खेलकुद विकासका लागि थप योजनाहरू अघि सारिनेछ।”

विराटनगर किङ्सले कोशी प्रदेशको तर्फबाट एनपीएलमा सहभागिता जनाउँदैछ। मुख्य प्रशिक्षक केभिन ओ ब्रायनले टोलीले आक्रामक खेल प्रदर्शन गर्ने जानकारी गराएका छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गर्ने एनपीएलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ। मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिताले थप आकर्षण बढेको उल्लेख गर्दै क्रिकेटलाई आगामी दिनमा अझै प्रोत्साहन दिने प्रतिवद्धता जनाए।

यो घोषणा विराटनगर किङ्सका लागि थप ऊर्जा र प्रेरणाको स्रोत हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

ग्रामीण साप्ताहिक पत्रिका दर्ता नं. २८०

सुचना तथा प्रसारण विभाग दर्ता नं.

प्रेस काउन्सिल नेपाल सुचिकरण नं.

हाम्रो टीम

निर्देशक ः संजय कुमार राजवंशी
सम्पादक ः अनिल राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय :- कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]