मिस हेरिटेज पेटिट युनिभर्स २०२४ को शीर्ष उपाधि : मनिषा राजवंशी

Logo
ग्रामीण सहकर्मी / कटहरी प्रकाशित बुधबार, मंसिर १२, २०८१

कटहरी / थाइल्याण्डमा भएको मिस हेरिटेज पेटिट युनिभर्स २०२४’ को शीर्ष उपाधि नेपालकी छोरी मनिषा राजवंशीले जितेकी छीन् । हालै भएको थाइल्याण्डको बैंककमा आयोजित मिस हेरिटेज पेटिट युनिभर्स २०२४ मा ४३ ओटा देशको प्रतिस्पर्धी मध्यबाट झापा जील्लाको मनिषा राजवंशीले जितेकी छीन् । नोभेम्बर ९ देखि १६ सम्म चलेको अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा विस्वका ४३ देशका प्रतिस्पर्धीहरु रहेका थिए ।

सो प्रतियोगिताको उपाधि हात पार्ने झापा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ की मनिषा राजवंशीले समाज शास्त्रमा एमए गरेकी छीन् । उनी एक असल शिक्षिका पनि हुन् । र उनी हाल राजवंशी समुदायको बारेमा थेसिस पनि गरिरहेकी छिन् ।

मनिषा राजवंशी भन्छिन् ‘ म मोडलिङमा यसो ट्राइ गरौँ न भनेर मात्र आएकी होइनँ’, ‘आदिवासी राजवंशी समुदायबाट पनि अभिनय र मोडलिङको क्षेत्रमा केही गर्न सक्ने प्रतिभा रहेछन् भनेर स्थापित गर्न यो क्षेत्रमा लागेकी हुँ ।’ उनि बताउछिन् ।

आफ्नो समुदायबाट अभिनय र मोडलिङको क्षेत्रमा खासै उपस्थिति नभएका कारण केही राम्रो गर्ने सोचका साथ मोडलिङ सम्बन्धी प्रतियोगिता र ब्युटी प्याजेन्टहरूमा भाग लिने गरेको बताउँछिन् । उनले २०१८ मा मिस राजवंशी (दोस्रो रनर अप), २०१९ मा मिस ग्रेस काठमाडौँ (दोस्रो रनर अप), सन् २०१८ मा मिस राजवंशीको उपाधि जितेकी उनले सन् २०२१ मा मिस डिभाको विनर भएकी थिइन् ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]