मोरङमा फरार २२ जना प्रतिवादी पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १२, २०८१

विराटनगर/ मोरङका विभिन्न स्थानबाट २२ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्दामा फरार रहेका ती व्यक्तिहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै जिल्ला अदालत मोरङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरू विभिन्न आपराधिक मुद्दामा अदालतबाट फरार सूचीमा रहेका थिए। प्रहरीले समुदायस्तरमा सूचनाका आधारमा अनुसन्धान र निगरानी गर्दै उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]