रकम लिएर अवार्ड वितरण: मैथिली एसोसिएशनको सफाइ र प्रतिबद्धता

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १२, २०८१

विराटनगर/ विराटनगरमा मंसिर १५ गते आयोजना हुन लागेको “मान इंटरनेशनल अवार्ड २०२४” कार्यक्रमलाई लिएर विभिन्न विवाद सिर्जना भएको छ। मैथिली एसोसिएशन नेपालका अध्यक्ष प्रवीण नारायण चौधरीले पत्रकार सम्मेलन गरी अवार्ड प्राप्त गर्ने व्यक्तिहरूबाटै रकम संकलन गरिएको पुष्टि गरेका छन्।

पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले अवार्डका लागि आवेदन लिने प्रक्रिया र सहभागीसँग रकम असुल गर्दा केही त्रुटि भएको स्वीकार गर्दै आगामी दिनमा यस्ता त्रुटिहरू सच्याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका तयारी पूरा भइसकेको जानकारी दिँदै चौधरीले भने, “नेपाल र भारतका ६० जनालाई अवार्ड प्रदान गरिनेछ भने ४५ जनालाई ‘गेस्ट अफ अनर’ बाट सम्मान गरिनेछ। कार्यक्रमको लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ र कार्यक्रमपश्चात् सम्पूर्ण हिसाब सार्वजनिक गरिनेछ।”

तर, रकम लिएर अवार्ड वितरण गर्ने प्रक्रियाले योग्य अभियन्ताहरू ओझेलमा पर्ने र कार्यक्रम व्यवसायिक मात्र हुने भन्दै संचारकर्मीहरूले प्रश्न उठाएका छन्। जवाफमा चौधरीले भने, “अवार्ड कार्यक्रम व्यवसायीकरणको एउटा रूप हो। जसले स्पोन्सर गरेको छ वा १० हजार रुपैयाँ तिरेको छ, उसैले अवार्ड पाउँछ। तर, आगामी दिनमा यस्ता सुझावलाई आत्मसात् गर्दै अघि बढ्नेछौं।”

यस विवादलाई लिएर केही संचारमाध्यम र संस्थाहरूले विरोध जनाएका छन्। अवार्डको उद्देश्य र प्रक्रिया प्रति उठेका प्रश्नहरूको सामना गर्दै अध्यक्ष चौधरीले कार्यक्रमलाई सफल बनाउने प्रयास जारी राखिएको बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]