गौरीगंजमा आगलागी: नौलो सिंह थापाको घर पूर्णरूपमा नष्ट

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

गौरीगंज / भन्सार निवासी नौलो सिंह थापाको घरमा आज साँझ भएको भीषण आगलागीले ठूलो क्षति पुर्‍याएको छ। साँझ करिब ६ः१५ बजे गुहाली घरको विजुलीको तार सर्ट भएर आगलागी भएको हो। आगलागीको जानकारी पाउँदै स्थानीय प्रहरी र स्थानीयवासीले दमकलको सहयोगमा आगो नियन्त्रणमा ल्याएका छन्।

कुञ्जिवारी प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सञ्जीव राईका अनुसार आगोले गुहाली घर र मूल घर पूर्णरूपमा नष्ट गरेको छ। वडा अध्यक्ष कार्तिकलाल राजवंशीका अनुसार आगलागीबाट घरमा रहेको २०/२२ मन मकै, ६ वटा चौपाया, र ४ वटा साइकल जलेर नष्ट भएका छन्।

स्थानीयवासीको सक्रियता र प्रहरीको सहयोगमा थप क्षति रोक्न सफल भए पनि नौलो सिंह थापाको परिवारको ठूलो क्षति भएको छ। पीडित परिवारलाई राहत र पुनर्स्थापनाका लागि पहल गर्नुपर्ने स्थानीय निकायले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]