स्थानीय तह उपनिर्वाचनका लागि मौन अवधि सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

विराटनगर /  स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मतदानभन्दा ४८ घण्टाअघि लागू हुने कानुनी व्यवस्थाअनुसार मौन अवधि सुरु गरिएको हो। यो अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार वा मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न निषेध गरिएको छ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ का प्रावधानअनुसार मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापामाध्यम लगायत कुनै पनि माध्यमबाट चुनावी प्रचार गर्न पाइने छैन। कुनै पनि दलका पदाधिकारी, उम्मेदवार वा सम्बन्धित व्यक्तिले प्रचारप्रसार गरेको पाइएमा कानुनी कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]