रामेछापमा गाडी दुर्घटना, ५ जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

विराटनगर / रामेछापको गोकुलगंगा गाउँपालिका–फर्फुमा शुक्रबार भएको गाडी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, रामेछापले जनाएको छ।

प्रहरीका अनुसार घटनास्थलतर्फ टोली खटाइएको छ। विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर विक्रम खड्का मगरले जानकारी दिए।

दुर्घटना के कारणले भयो भन्नेबारे पुष्टि नभए पनि घटनाले ठूलो मानवीय क्षति भएको छ। घाइतेहरूलाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ।

स्थानीय प्रशासन र प्रहरीको टोलीले उद्दार कार्यमा जुटेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]