सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्‍यो, प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

विराटनगर / सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोक्दै किसानलाई राहत दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गतवर्षको तुलनामा प्रतिक्विन्टल २० रुपैयाँले मूल्य वृद्धि गर्दै नयाँ समर्थन मूल्य निर्धारण गरेको हो।

अब किसानले उद्योगीबाट प्रतिक्विन्टल झण्डै ५८५ रुपैयाँ पाउनेछन्। तर, सरकारले यसपटक अनुदानबारे निर्णय नगरेको बताइएको छ। गतवर्ष सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान प्रदान गरेको थियो।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदानबापत प्रदान गरिने रकम बढाउनुपर्ने प्रस्ताव गरे पनि देशको आर्थिक अवस्थालाई ख्याल गरेर यो विषयमा निर्णय पछि हुने जनाइएको छ।

उखु किसानले न्यूनतम समर्थन मूल्य तोकिएको निर्णयलाई स्वागत गरे पनि अनुदानबारे स्पष्टता नआउँदा निराशा व्यक्त गरेका छन्। गतवर्षको अनुभवका आधारमा उद्योगीहरूले समयमा रकम नदिने र किसानले समयमै भुक्तानी नपाउने समस्या दोहोरिन सक्ने भन्दै उनीहरूले सरकारले थप पहल गर्नुपर्ने माग गरेका छन्।

सरकारले अनुदानबारे निर्णय चाँडै गर्ने बताएको छ। यसले उखु खेतीप्रति किसानको रुचि बढाउन र कृषि उत्पादनलाई प्रोत्साहन गर्न सहयोग गर्ने विश्वास गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]